Logo

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण



काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सेवा आश्रमलाई १,००० लिटरको सोलार ट्यांकी तथा सोलार बत्तिहरू हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रविन्द्र कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गन्यमेलेले कार्यक्रमको अध्यक्षता गरेका थिए। बैंकका संस्थापक सेयरधनीहरू रवीन्द्र कुमार भाटान्यु, प्राडा हरि पाठक, सालिकराम गन्यमे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

यस अवसरमा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका छन् ।

बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रूपमा सोलार सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनएमबी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानव सेवा आश्रमकी महासचिव सुशीला के.सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबी बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरीलगायत बैंकका अन्य कर्मचारी र मानव सेवा आश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

एनएमबी बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै साउन महिनालाई ‘ग्रीन मन्थ’ (Green Month) को रूपमा मनाइरहेको छ। सोही अभियान अन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न भएको हो।

बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू देशका विभिन्न प्रदेशहरूमा पनि सञ्चालन गरिरहेको छ। एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्