Logo

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्