Logo

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता, लघुवित्तका कर्मचारीलाई सुविधासम्म बैंकिङ सविधा

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता, लघुवित्तका कर्मचारीलाई सुविधासम्म बैंकिङ सविधा



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र प्रभु बैंकबीच सम्झौता भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल विजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्नेछन् भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्