Logo

हिमालयन बैंकको नगद फिर्ता योजना, कार्डबाट सामान खरिदगर्दा १० प्रतिशत छुट

हिमालयन बैंकको नगद फिर्ता योजना, कार्डबाट सामान खरिदगर्दा १० प्रतिशत छुट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । हिमालयन बैंकले नगद फिर्ता योजना सार्वजानिक गरेको छ । उक्त योजनामार्फत ग्राहकले भिसा डेविट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन ।

यस योजना अन्र्तगत ग्राहकले आफ्नो भिसा डेविट, क्रेडिट वा प्रिपेड काडबाट नेपालको कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेसिन वा अनलाईनबाट सामान खरिद गर्दा ५ प्रतिशत र अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ । साथै उक्त योजना कुनै पनि नेपाली अनलाईन तथा कुनै पनि बैंकको पीओएस मेसिनबाट सामान खरिद गर्दा मात्र लागू हुने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त नगद फिर्ता योजनामा ग्राहकलाई नेपाली महिनाको अन्त्यमा ग्राहककै खातामा नगद फिर्ता गरिनेछ । हाल हिमालयन बैंकको देशभर ९५ भन्दा बडी एटीएम काउनटर तथा ३ हजारभन्दा वडी पीओएस मेसिनहरु संचालनमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL