Logo

सीमा विवादले ठप्प नेपाल-भारत वार्तामा आइसब्रेकको संकेत, आगामी हप्ता द्विपक्षीय वार्ता हुँदै

सीमा विवादले ठप्प नेपाल-भारत वार्तामा आइसब्रेकको संकेत, आगामी हप्ता द्विपक्षीय वार्ता हुँदै



काठमाडौं । सीमा विवादयता नेपाल र भारतबीच देखिएको तनावपूर्ण सम्बन्धका कारण ठप्प भएको दुईपक्षीय वार्तामा आइबैक हुने भएको छ । नेपाल र भारतबीच कालापानीको सीमा विवादयता पहिलोपटक वार्ता हुने भएको हो । वार्ता काठमाडौंमै भिडियो कन्फरेन्समार्फत् हुने तय भएको छ ।

laxmi

वार्ताको मिति तय नभएपनि १८ अगष्टमा हुनसक्ने इन्डियन एक्सप्रेसले लेखेको छ । भारत सरकारको सहयोगमा भइरहेको विकास आयोजनाको प्रगतिबारे वार्ता केन्द्रित हुने बताइएको छ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागीले टोलीको नेतृत्व गर्नेछन् भने भारतका तर्फबाट राजदुत विनय मोहन क्वात्राले नेतृत्व गर्नेछन् । भारतले नेपालमा सडक, पुर्ननिर्माण, रेल्वे, तेल पाइपलाइन, सीमा चेकप्वाइन्ट, नेपाल प्रहरी एकेडेमीलगायतको निर्माणमा सहयोग गरिरहेको छ ।
यसपटकको वार्ता विकास निर्माण आयोजनाको प्रगतिबारे केन्द्रित हुने बताइएपनि कालापानी सीमा विवादपछि हुनलागेको पहिलोपटकको उच्चस्तरीय वार्ता भएकाले अर्थपूर्ण छ ।

पहिले भारतले र त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्शामा समेटेपछि भारतले वार्ताको वातावरण नबनेको तर्क राख्दै आएको छ । उसले नेपालले प्रस्ताव गरेको सीमाबारेको वार्तामा बेवास्ता गरेको विषय उठ्दै आएको छ ।

तर, भारतले आफूले सीमाबारे विदेश सचिवस्तरीय वार्ताको प्रस्ताव राखेको र एक अर्काको देशमै पुगेर कुराकानी गर्ने छलफल चलाउँदा नेपालले नक्शा जारी गरेको सञ्चारमाध्यममार्फत् भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL