Logo

रेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि सार्वजनिक

रेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि सार्वजनिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शाओमीले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेको छ । यस वर्षको सुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

laxmi

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । फोनको औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई प्रशंना गर्ने उनको दाबी छ ।

रेडमी नोट ९ प्रो म्याक्समा औरा डिजाइन दिइएको छ । ६।६७ इन्च एफएचडी प्लस डट डिस्प्लेका साथ फोनमा इन डिस्प्ले क्यामेरा छ । यसको रियरमा चारवटा क्यामेराको सेटअप छ ।

रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्सिस लिनियर भाइब्रेसन मोटर छ । फोनमा क्वालकम स्न्यापड्र्यागन ७२०जी र ८ एनएम चिपसेट छ जसमा कस्टुम क्रायो आर्टिटेक्चर छ । रेडमी नोट ९ प्रो म्याक्समा ५०२० एमएएचको ब्याट्री छ भने ३३ वाट फास्ट चार्जर उपलब्ध छ ।

फोनमा क्वाड क्यामेरा सेटअपको सुविधाअन्तर्गत ६४ एमपी सामसङ आइसोसेल ब्राइट जीडब्लु १ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्युका साथ ८ एमपी अल्ट्रा—वाइड सेन्सर, ५एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर छ । फ्रन्टमा ३२ एमपीको सेन्सर छ । प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अँध्यारो वातावरणमा पनि सेल्फी लिन सक्ने व्यवस्था गरिएको छ ।

रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि सुपर स्टेबलाइजेसन टुल छ भने भिडियो निर्मातालाई आकस्मिक भिडियो निर्माणलाई आवश्यकताअनुसारको राम्रो बनाउन अनुमती दिन्छ । शाओमीले पहिलो पटक मी पावर बैंक २ आई नेपाली बजारमा उपलब्ध गराएको छ ।

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट— इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा उपलब्ध छ । यसको ६ जीबी ं १२८ जीबीभेरियन्टको मूल्य ३१ हजार ९ सय ९९ र र ८ जीबी ं १२८ जीबी स्टोरेज भेरियन्टको ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

मी पावर बैंक २आई दुई भेरियन्ट १० हजार एमएएच र २० हजार एमएएच क्रमशः १८ सय ९९ र ३१ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL