Logo

जेठ २५ गतेभित्र कर तिर्न जारी निर्देशनको काँग्रेसद्धारा विरोध, भद्र अवज्ञा गर्न व्यवसायीलाई आह्वान

जेठ २५ गतेभित्र कर तिर्न जारी निर्देशनको काँग्रेसद्धारा विरोध, भद्र अवज्ञा गर्न व्यवसायीलाई आह्वान



काठमाडौंं । सरकारले जेठ २५ गतेभित्र कर तिर्न जारी गरेको आदेशप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । काँग्रेसले मंगलबार राजश्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान पनि गरेको छ। चैतदेखि सरकारकै निर्णयअनुसार लकडाउन जारी रहे पनि विभागले मंगलबार एक्कासी सूचना प्रकाशित गरेर सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न दिएको निर्देशनको व्यवसायीहरुले चर्को विरोध गरिरहेका छन् ।

laxmi

यसैक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्वीटमार्फत कर बुझाउन जारी भएको निर्देशनको अवज्ञा गर्न आह्वान गरेका हुन्। शर्माले ट्वीटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेतारु जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’

उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न गरेका छन्। ‘गलैँचा, जिमखाना र यो ताकेता। सोध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैन कि यहि हो कम्युनिष्ट समाजवादको आधारसिला ?’, उनले सोधेका छन्।

राजश्व विभागले गत फागुन र चैत महिनाको मासिक कर विरण, माघ र फागुन महिनाको द्धिमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिकको कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागु्न र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL