Logo

सिटी एक्सप्रेस र गाभापेबीच रेमिटान्स कारोबार सुरु, यूकेलगायत यूरोपका विभिन्न देशबाट रकम पठाउन सकिने

सिटी एक्सप्रेस र गाभापेबीच रेमिटान्स कारोबार सुरु, यूकेलगायत यूरोपका विभिन्न देशबाट रकम पठाउन सकिने



काठमाडौं । यूकेको ख्यातिप्राप्त रेमिटान्स कम्पनी गाभापे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

laxmi

यूकेमात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट पिटर्सबर्गस्थित उपभोक्ताहरुले गाभापेको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गाभापे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी अरखान नासिबोभले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ७५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL