काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको छ । बैंकले आफ्ना सबै कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो । कोभिड – १९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको बीमा गरिदिएको बैंकले जानकारी दिएको छ ।
बैंकले हाल देशका सहरी तथा ग्रामिण स्थानमा गरी १ सय २ वटा शाखा र ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल ८ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।