Logo

अर्थतन्त्रमा असर पर्दैन : अर्थमन्त्री युवराज खतिवड

अर्थतन्त्रमा असर पर्दैन : अर्थमन्त्री युवराज खतिवड



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा त्यति ठुलो असर नपर्ने बताएका छन । विभिन्न किसिमले नेपालको अर्थतन्त्रमा त्यति ठुलो असर नपर्ने भएकाले नेपालको अर्थतन्त्र खतरामा नरहेको बताएका छन ।

laxmi

उनले बिहीबार सरकारका पछिल्ला निर्णयहरु सुनाउँदै आयात व्यापार सहज भएको, निर्यातको व्यापार फागुनमा मात्रै गत बर्षको फागुनको तुलनामा ४ प्रतिशतले बढेको बताउँदै नेपालको अर्थतन्त्र सामान्य रहेको बताए । पर्यटन क्षेत्रमा भने केही असर परेकाले यसले त्यति असर नगर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विप्रेषण आप्रवाहमा समेत ठुलो असर नपरेको र यसले झन तरलतालाई सहयोग पुग्ने बताए । उनले वैदेशिक रोजगारीमा जान चाहने तथा जान नपाएका कामदारहरुलाई पनि नेपालमै कामको सुविधा दिन लागेको बताए । उनले विभिन्न कोषहरु जस्तै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतको सहकार्यमा रोजगारीमा असर पर्न नदिने बताए ।

यस्तै आयातको व्यापार सहज बनाउन भारतबाट आयात बढाउने र चीनतर्फको नाका खोल्नका लागि छलफल गरिरहेका बताए । उनले पछिल्लो समय चीनको नाकामा होल्ड भएर बसेका कन्टेनरहरु छुटाउन विभिन्न मन्त्रालयको समन्वयमा छलफल भईरहेको बताए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले बजारमा अत्यावश्यक बस्तुको कमी नभएको बताए । उनले अबका ३ देखि ४ महिनासम्म पुग्ने नुन, तेल, चामललगायत बस्तुको कुनै अभाव नभएको बताए । उनले बजारमा समेत कालोबजारी नभएको र काठमाडौं बाहिर पनि यसको अवस्था बुझिरहेको जानकारी दिएका छन । उनले बजारमा सामानको कमी नभएको तर व्यवस्थापनमा मात्रै समस्या रहेका बताए ।

यस्तै उनले पछिल्लो समय मास्क, सेनिटाईजर र सिटामोलको माग भने बढिरहेका कारण यसको आपुर्तीका लागि सहजिकरण गरिरहेको बताए । उनले पछिल्लो समय बजारमा अभाव नभएपनि त्रासका कारण माग भने बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL