Logo

राष्ट्र बैंकले बजारमा पठायो २० र ५० दरका नयाँ नोट, बिहीबार देखि चलनचल्तीमा

राष्ट्र बैंकले बजारमा पठायो २० र ५० दरका नयाँ नोट, बिहीबार देखि चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ । बैंकले संकेत नंवर सहितको उक्त नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाएको हो ।

laxmi

बैंकले २० रुपैयाँको नोटको अग्रभागमा ‘विसं २०७२’ र पृष्ठ भागमा ‘२०१६ एडी’ अंकित गरेको छ । साथै ५० रुपैयाँको नयाँ नोटको अग्रभागमा ‘विसं २०७२’ र पृष्ठ भागमा ‘२०१५ एडी’ राखेको छ ।

२० रुपैयाँको नोटको संकेत नंवर ज/४१०००००१ देखि ज/४१९९९९९९ सम्म हुनेछ भने ५० रुपैयाँको नयाँ नोटको संकेत भने ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL