Logo

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न, सेयर ब्रोकर र मार्केट मेकर कम्पनी खोल्ने प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न, सेयर ब्रोकर र मार्केट मेकर कम्पनी खोल्ने प्रस्ताव पारित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्न विशेष प्रस्ताब पारित गरेको छ ।

laxmi

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विशेष साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलिकरणमा सहयोग पुर्याउने बताएका छन ।

सभामा संचालक समितिका सदस्य रविन्द्रलाल श्रेष्ठ, जनककुमार बराललगायतको सहभागिता रहेको थियो । बैंकले २२२ शाखा, १७८ एटिएम, ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले चालु आर्थिक बर्ष २०७५/०७६ को चौथो त्रैयमास सम्ममा १ खर्ब ९० अर्ब रुपैंयाँ निक्षेप संकलन गरेको छ । साथै १ खर्ब ४४ अर्ब रुपैंयौ ऋण लगानी गरि ५ अर्ब ३२ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL