Logo

सिप्रदी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, साढे १० प्रतिशत ब्याजमा टाटा सुमो उपलब्ध

सिप्रदी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, साढे १० प्रतिशत ब्याजमा टाटा सुमो उपलब्ध



काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र मुक्तिनाथ बिकासबीच गाडी खरिदकर्तालाई लागि सस्तो ब्याजमा कर्जाा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले ल्याएको ‘आफ्नो गाडी आफै सवारी’ नामक ब्यवसायिक अभियान अन्तर्गत बैंकले प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने छ ।

बैंकले व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई साढे १० प्रतिशत ब्याजदरमा गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जा प्रदान गर्ने छ ।

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान गरिनेछ ।स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम कम्पनीले उक्त योजना ल्याएको दाबी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL