काठमाडौं । सिभिल बैंकले ‘घरमै बसि बसि बैंकिङ खुशी खुशी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ ।
बुधबार आयोजित एक समारोह बीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेको हो ।
सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधा लिन सकिने बताएका छन ।
सिभिल बैंकले हालसम्म ३६ अर्ब ९६ करोड निक्षेप परिचालन गरि ३६ अर्ब २८ करोड कर्जा लगानी गरेको छ । हाल बैंकको शाखा संख्या ६० पुगेकोे छ ।