Logo

मुक्तिनाथले ल्यायो २० प्रतिशत बोनस सेयरको अफर

मुक्तिनाथले ल्यायो २० प्रतिशत बोनस सेयरको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई बोनस दिने भएको छ । बैंक संचालक समितिको बैंठकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो ।

संचालक समितिको निर्णय अनुसार बैंकले अाफ्नाे चुक्ता पूँजी २ अर्ब १५ करोड ९८ लाख रुपैयाँकाे २१ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

२१ प्रतिशत बोनसमध्ये २० प्रतिशत बोनस सेयर बाँकी १ प्रतिशत रकम कर प्रयोजनका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ । साथै उक्त बोनस सेयरलाई बैंकको आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL