काठमाडौं । यू(१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको हो ।
उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू(१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
मलेसियास्थित बायुमास ओभल भएको खेलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गरेको हो ।