Logo

चार्टर्ड उडानमा बढि भाडा बुझाएका यात्रुलाई गुनासो गर्न पर्यटन मन्त्रालयको आह्वान, छानविन समिति पुनः सक्रिय

चार्टर्ड उडानमा बढि भाडा बुझाएका यात्रुलाई गुनासो गर्न पर्यटन मन्त्रालयको आह्वान, छानविन समिति पुनः सक्रिय



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले चार्टर्ड उडानमा बढि भाडा बुझाउन बाध्य यात्रुहरुलाई गुनासो गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना कालमा विभिन्न देशबाट आउने यात्रुहरुले कतिपय चार्टर्ड उडानमा तोकेको भन्दा बढि मूल्य तिरेको भन्ने गुनासो आएकाले पुनः यसको छानविन गर्नका लागि गुनासो पठाउन आह्वान गरेको हो ।

laxmi

मन्त्रालयले पहिलो चरणको लकडाउन भएपछि विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि चार्टर्ड उडानको व्यवस्था गरेको थियो । उक्त अवधिमा एयरलाईन्स कम्पनीहरुले वायुसेवा निगममा बुझाएको भाडादरभन्दा बढि भाडा लिएको भन्ने गुनासो बढेको थियो । जसको चानविनका लागि मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

हाल उक्त समिति पुनः सक्रिय भएकाले यस्तो गुनासो पठाउन मन्त्रालयले आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL