काठमाडौं । अव दाउरा खरीद गर्नका लागि नागरिकता नचाहिने भएको छ । नागरिकहरुको सुविधालाई ध्यानमा राख्दै नागरिकता देखाउनु नपर्ने नियम लागु गरेको वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचायले बताए ।
द टिम्बर कर्पोरेसनले वितरण गरिरहेको दाउरा खरीदका लागि अनिवार्य नागरिकता देखाउनुपर्ने नियम थियो ।
कार्पोरेसनका अनुसार हालसम्म ३ हजार ७५ परिवारलाई करिव ३ लाख ५ हजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ । भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पाेरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।
वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा कर्पाेरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।
साथै दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन अनुरोध पनि गरिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पाेरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्ने जानकारी दिएको छ ।