Logo

ईन्टरनेट सेवाप्रदायकले अब ग्राहकको गुनासो सुन्न टोलफ्रि सेवा राख्नुपर्ने, नराखे कारबाही

ईन्टरनेट सेवाप्रदायकले अब ग्राहकको गुनासो सुन्न टोलफ्रि सेवा राख्नुपर्ने, नराखे कारबाही



काठमाडौं । अब ईन्टरनेट सेवाप्रदायकहरुले ग्राहकको गुनासो सुन्नका लागि टोलफ्रि टेलिफोन सेवा राख्नुपर्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणबाट ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स लिएका सबै सेवाप्रदायकहरुले अब आफ्ना सेवाग्राहीका लागि टोलफ्रि नम्बर राख्न निर्देशन दिएको हो ।

laxmi

ईन्टरनेटका ग्राहकहरुले हाल आफ्नो ईन्टरनेट सेवामा केही गडबढी आएमा, विग्रेमा, मेन्टेनान्स गर्नुपरेमा ठुलो रकम खर्चेर सेवाग्राही कम्पनीकहाँ फोन गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय गुनासो राख्दा पनि फोनमार्फत ठुलो रकम खर्च हुने भएपछि प्राधिकरणले सेवाग्राहीलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले सेवाग्राहीले प्राधिकरणको निर्देशन नमानेमा कारबाही गर्ने समेत चेतावनी दिएको छ । सेवाप्रदायकले यस्तो सेवा राखेपछि अब ग्राहकले निशुल्क रुपमा सेवाप्रदायकसँग सम्पर्क गरी आफ्नो गुनासो राख्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL