Logo

प्रति तोला ८ सयले घट्यो सुन, मंगलबार ७४ हजारमा कारोबार

प्रति तोला ८ सयले घट्यो सुन, मंगलबार ७४ हजारमा कारोबार



काठमाडौं । पछिल्लो समय उच्च रुपमा वृद्धि भएको सुनको मूल्य मंगलबार प्रति तोला ७४ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार ७४ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

त्यसतै छापावाल सुन प्रति तोला ७३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको तेस्रो दिन मंगलबार चाँदी भने प्रति तोला ८ सय ८० रुपैयाँमा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी सोमबार ८ सय ९० रुपैयाँ प्रति तोला कारोबार भएको थियो । तर मंगलबार १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL