Logo

लिलामीमा नेप्सेको सेयर बिक्री गर्दै राष्ट्र बैंक, प्रतिकित्ता मूल्य १०३२ रुपैयाँ

लिलामीमा नेप्सेको सेयर बिक्री गर्दै राष्ट्र बैंक, प्रतिकित्ता मूल्य १०३२ रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रहेको सेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९ शदमलव ५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बैंकले उक्त सेयर बिक्री गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । बैंकले प्रति सेयर मूल्य न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ निर्धारण गर्दै सो भन्दा बढीमा मोल बढावढमा लिलामीमा निकालेको हो ।

उक्त सेयर खरिदका लागि बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाहरुले आवेदन दिन पाउने छन् । उक्त सेयर खरिद गर्न राष्ट्र बैंंकले विभिन्न १९ वटा शर्त राखेको छ । उक्त सेयर खरिदको आवेदन दिनका लागि कर्जा सूचना केन्द्रबाट कालो सूचीमा नपरेको प्रमाणपत्र ल्याएर पेश गर्नुपर्नेछ । साथै अघिल्लो आर्थिक बर्ष सम्मको कर चुक्ताका साथै संस्थाको संचालक तथा प्रमुखको व्यवसायीक प्रोफाइल समेत पेश गर्नुपर्ने हुन्छ ।

जसमा सेयर खरिदका लागि आवेदन गर्दा आवेदकले नेप्सेको कूल सेयर पूँजीको कम्तिमा ५ र बढिमा १० प्रतिशत सम्म हुनेगरी आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनहरु भदौ ४ गते बिहान ११ बजे राष्ट्र बैंकको वित्त विभागमा खोलिने छ । सोका लागि भदौं २ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL