Logo

उद्योगमा अटोमेशनको डरलाग्दो वृद्धि, यसरी खोस्दैछ रोबोटले रोजगार

उद्योगमा अटोमेशनको डरलाग्दो वृद्धि, यसरी खोस्दैछ रोबोटले रोजगार


एजेन्सी
135
Shares

काठमाडौं । विश्वका प्रायजसो ठुला उद्योग तथा कलकारखानामा रोबोटको प्रयोग मानिसले सोचेभन्दा तिव्र रुपमा बढ्दै गईरहेको छ । ठुला तथा साना उद्योगहरुमा रोबोटको प्रयोग तिव्र रुपमा बढ्दा बेरोजगारीको भयङ्कर समस्या उत्पन्न हुने अनुमान गर्न सकिन्छ ।

laxmi

अन्तरराष्ट्रिय रोवोटिक संघका अनुसार सन २०१६ मै विश्वका उद्योगहरुले १० हजार जना श्रमिक लाई विस्थापित गर्दै ७४ वटा रोबोटद्धारा काम गरिरहेको उल्लेख गरेको छ । उक्त तथ्याङ्क अनुसार यसको मतलव बर्षेनी ७४ ओटा रोबोटले १० हजार जना कामदारको रोजगार खोसिरहेका छन । यस्तै १ बर्षमा निर्माण क्षेत्रमा रोबोटको संख्या बढेर ८५ पुगेको छ ।

युरोपमा प्रति १० हजार कामदार बराबर १ सय ६ ओटा रोबोटको घनत्व छ । साथै अमेरिका र एशियामा यसको घनत्व क्रमशः ९१ र ७५ रहेको छ । चीन भने औद्योगिकरणमा तिव्र अटोमेशनको प्रयोग गर्ने मुख्य राष्ट्र बनेको छ । चीनका उद्योगमा रोबोटको घनत्व कोरियाको जस्तै छ । सन २०१७ मा दक्षिण कोरियाले प्रति १० हजार जना कामदार बराबर ७ सय १० ओटा रोबोट स्थापना गरेको पाईन्छ ।

दक्षिण कोरियाका विद्युतिय उद्योगहरुमा उच्च गुणयुक्त रोबोटका कारण रोबोटको संख्या बढि भएको हो । यस्तै सिंगापुरका ९० प्रतिशत विद्युतीय उद्योगहरुमा रोबोटको प्रयोग गरिएको छ । यहाँका रोबोटको घनत्व भने दोस्रो नंवरमा पर्दछ । यहाँ रोबोटको घनत्व प्रति १० हजार कामदारमा ६ सय ५८ रहेको छ ।

यस्तै जर्मनी र जापानले पनि रोबोटको प्रयोग बढाएका छन । हाल जापानमा रोबोटको घनत्व प्रति १० हजार जना कामदारमा ३ सय रहेको छ । तर जापान रोबोटका लागि विश्वकै ठुलो बजार हो विश्वमा रहेका रोबोटमध्ये जापानले मात्रै ५६ प्रतिशत रोबोट पुर्ति गर्दछ ।

अमेरिकामा भने अटोमेशनको दर न्युन छ । अमेरिकामा रोबोटको घनत्व प्रति १० हजार कामदारमा २ सय रहेको छ । चीनले भने आउदाँ बर्षमा आफ्ना हरेक उद्योगहरुमा अटोमेशनको दायरा बढाउने सोच बनाएको छ । सन २०२० सम्ममा अटोमेशनमा उच्च १० देशमा समावेश हुनका लागि चीनले आफ्नो योजना समेत सार्वजनिक गरेको छ ।

सन २०१३ मा चीनको रोबोट घनत्व २५ एकाई रहेको थियो तर सन २०१७ मा भने यसलाई बढाउँदै ९७ एकाई बनाएको छ । सन २०१७ मा चीनले विश्वमा हुने रोबोट व्यापारको ३६ प्रतिशत हिस्सा ओगटेको छ । यसरी विश्वका राष्ट्रहरुले उद्योगहरुमा अटोमेशनको दायरा बढाएपछि कामदारको श्रम खोसिने विज्ञहरुले अनुमान लगाएका छन ।


प्रतिक्रिया दिनुहोस्
MBL