Logo

आज सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर

आज सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर



काठमाडौँ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनमा प्रतितोला एक सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार भने तोलामा ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ७६५ मा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL