Logo

एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्टमा आयरल्याण्डको डब्लिनमा हुने

एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्टमा आयरल्याण्डको डब्लिनमा हुने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डब्लिनमा हुने भएको छ ।

laxmi

सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सिनाको भनाइ छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डब्लिनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारेपछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो । संघको यो नियमित बैठक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL