Logo

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा, ३ दिने भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्री भेट्ने

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा, ३ दिने भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्री भेट्ने



काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आईपुगेका छन । उनी आफ्नो तीन दिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं आईपुगेका हुन । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन ।

नेपाल भ्रमणको सिलसिलामा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL