Logo

जुत्ताचप्पल किन्नेको भिड भृकुटीमण्डपमा, जुनसुकै ब्राण्डमा १५ देखि ६० प्रतिशतसम्म छुट

जुत्ताचप्पल किन्नेको भिड भृकुटीमण्डपमा, जुनसुकै ब्राण्डमा १५ देखि ६० प्रतिशतसम्म छुट



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा चलिरहेको ब्राण्डेड जुत्ताचप्पल मेलामा जुत्ताचप्पल खरिद गर्नेको भिड लागेको छ । भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्बसाधारण प्रवेश गर्ने गरेका छन ।

laxmi

शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, ‘मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन ।’ मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध रहेका छन ।

क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध रहेका न्यौपानेले जानकारी दिएका छन ।

मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध रहेको आयोजकले जानकारी दिएको छ । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल उपलब्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL