Logo

रावा बैंकका सीईओ श्रेष्ठ ‘म्यानेजर अफ दि इयर’बाट सम्मानित, मेगाको सीईओ खुँजेलीले पाईन ‘रिकोनाईजेशन’ अवार्ड

रावा बैंकका सीईओ श्रेष्ठ ‘म्यानेजर अफ दि इयर’बाट सम्मानित, मेगाको सीईओ खुँजेलीले पाईन ‘रिकोनाईजेशन’ अवार्ड



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ म्यानेजर अफ दि इयर–२०१९ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापक संघ (म्यान)ले उनलाई आज एक कार्यक्रमकाबीच सन् २०१९ को उत्कृष्ट म्यानेजरको रुपमा सम्मान गरेको हो ।

शुक्रबार उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी विताईसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् । जसका कारण बैंक निक्षेप तथा कर्जा परिचालन, खराव कर्जा उठौती तथा नाफाका हिसावले सबैभन्दा उत्कृष्ठ भएको छ ।

यसैगरी म्यानले मेगा बैंकका सीईओ अनुपमा खुँजेलीलाई वुमन म्यानेजर रिकोनाईजेशन अवार्ड–२०१९ बाट सम्मान गरेको छ । बाणिज्य बैंकको पहिलो महिला सीईओ खुँजेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै रिकोनाईजेशन अवार्डबाट सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This