Logo

दोस्रो चाईना ईन्टरनेशनल ईम्पोर्ट एक्स्पो सम्पन्न, नेपाली कलाकृतिमा अवलोकनकर्ताको आकर्षण

दोस्रो चाईना ईन्टरनेशनल ईम्पोर्ट एक्स्पो सम्पन्न, नेपाली कलाकृतिमा अवलोकनकर्ताको आकर्षण



काठमाडौं । दोस्रो चाईना ईन्टरनेशनल इम्पोर्ट एक्स्पो सम्पन्न भएको छ । नोभेम्बर ५ देखि सुरु भएको १० दिने उक्त एक्स्पो सोमबार सम्पन्न भएको हो । एक्स्पोमा विभिन्न १ सय ८० देशका ३ हजार ८ सय ९३ कम्पनीको सहभागिता रहेको थियो ।

गत ५ तारिखका दिन चीन र अन्य देशका प्रतिनिधिद्वारा उक्त एक्स्पोको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा ग्रिस, जमाईका र सर्वियाका प्रधानमन्त्रीले सहभागिता जनाएका थिए ।

उक्त एक्स्पोमा नेपालका तर्फबाट भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आफ्नो स्टल स्थापना गरेको थियो । केन्द्रको नेतृत्व उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले गरेका थिए ।

उक्त एक्स्पोमा नेपाल पर्यटन बोर्डले एक्स्पो भ्रमणमा आएका अवलोकनकर्ताहरुलाई नेपालको बारेमा सुचना दिने र ब्रोसर बाँड्ने काम गरेको थियो । नेपालको सहभागिता जनाएको स्टलमा राखिएका परम्परागत ढुंगेधारा, धातुका कला लगायतले अवलोकनकर्ताको ध्यान तानेका थिए । साथै उक्त एक्स्पोले नेपालमा आउने चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुने पर्यटन बोर्डको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL