Logo

रोकिएन नेप्सेको पहिरो, खस्किदै लगानीकर्ताको मनोवल

रोकिएन नेप्सेको पहिरो, खस्किदै लगानीकर्ताको मनोवल



काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम बुधबार पनि रोकिएन । निरन्तर ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि ३ दशमलव ४६ अंकले घटेको छ ।

बजारमा नयाँ लगानीकर्ताको प्रवेश नगरेका र पुराना लगानीकर्ताको पनि मनोविज्ञानमा नकारात्मक असर परेका कारण दैनिक रुपमा नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘केही सयमसम्म ठूलो रकम सहित नयाँ लगानी प्रवेश गर्ने आशामा पुराना लगानीकर्ताहरु बजारमा टिकिरहेका थिए,’ एक लगानीकर्ताले भने, ‘लामो समयको पर्खाईमा पनि नयाँ लगानीकर्ताको प्रवेश नभएपछि हालसम्म बजारमा टिकिरहेका लगानीकर्ता पनि निराश बन्दै बाहिरिन थालेका छन् ।’

बुधबार साढे ३ अंकले घटेको बजारमा म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि निर्जीवन बीमा कम्पनीको सबैभन्दा ४९ अंकले घटेको छ भने होटल समुहको परिसुचक ३५ अंकले ओरालो लागेको छ । यसैगरी जीवन बीमा समुहको परिसुचक ३१ अंकले घट्दा बैंकिङ समुहको परिसुचक १ दशमलव ७५ अंकले झरेको छ ।

बजारमा कारोबार रकम पनि बढ्न सकेको छैन । दिनभर संस्थापक सेयर समेत गर्दा कुल ३४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL