Logo

डिशहोमको फन्ड ट्रान्सफर वाट रिचार्ज गर्दा विशेष छुट, १० हजारको प्याकेज ८ हजारमा

डिशहोमको फन्ड ट्रान्सफर वाट रिचार्ज गर्दा विशेष छुट, १० हजारको प्याकेज ८ हजारमा



काठमाडौं । नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले रिचार्ज गरि खुसी बर्ष भरि योजना संचालनमा ल्याएको छ । उक्त योजनामार्फत ग्राहकले ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा विशेष छुट सहित बिभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

laxmi

अनलाईन मार्फत सजिलै ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिनेछ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज समेत लिन सकिनेछ भने उक्त सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको उक्त अफरमा ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानेर लिन सकिन्छ ।

बार्षिक रिचार्ज गर्दा ग्राहकले यस अघि ४ हजार २ रुपैयाँको रिचार्ज गर्ने गरेकामा अब ३ हजार ६ सय रुपैयाँ तिरे पुग्ने भएको छ । त्यस्तै मध्यम प्याकेजको लागि ४८ सय रुपैयाँ भुक्तानी गर्ने ग्राहकले ४२ सय, वेसिक प्लस ५१ सय रुपैयाँका सट्टा ४५ सय, मिडियम प्लस ५७ सयको सट्टा ४ हजार ९ सय ९८ रुपैयाँ तिरे पुग्ने छ ।

सुपर एचडी ६ हजार रुपैयाँको सट्टा ४ हजार ९ सय ९९ रुपैयाँ, प्रिमियम एचडी ७ हजार २ सयको सट्टा ५ हजार ७ सय ९९ र लाईफस्टाईल एचडी १० हजार ८ सय रुपैयाँको सट्टा ८ हजार ४ सय रुपैयाँ भुक्तानी गरे पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL