Logo

इच्छाराजले बेचे सिभिल बैंकको साढे १७ लाख कित्ता संस्थापक सेयर, बढेन कारोबार र परिसुचक

इच्छाराजले बेचे सिभिल बैंकको साढे १७ लाख कित्ता संस्थापक सेयर, बढेन कारोबार र परिसुचक



काठमाडौं । बुधबार नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । बजार खुलेदेखि नै सामान्य उतारचढाव भएको सेयर बजार अन्तमा सुन्य दशमलव ३२ अंकले मात्र ओरालो लागेको हो ।

बजारमा प्रायःजसो समुहका परिसुचक घटेका छन् । जसमा सबैभन्दा बढि उत्पानमुलक समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचक २५ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा २० अंकको गिरावट आएको छ । यसैगरी बजारमा जीवन बीमा समुहको परिसुचक पनि १२ अंकले गिरावट आएको छ ।

तर, बजारमा बैंक, माइक्रोफाइनान्स र होटल समुहको परिसुचक भने समान्य उकालो लागेका छन् ।

बुधबार सिभिल बैंकको साढे १७ करोड रुपैयाँको संस्थापक सेयर कारोबार भएसँगै कारोबार रकम ६६ करोड रुपैयाँ पुगेको छ । तर, संस्थापक सेयर घटाउने हो भने ५० करोड रुपैयाँको पनि सेयर खरिदबिक्री भएको छ । सिभिल बैंकका अध्यक्ष इच्चाराज तामाङले आफ्नो श्रीमतीको नाममा रहेको साढे १७ लाख कित्ता बिक्री गरेका हुन् ।

दिनभर बजारमा कुल १ सय ६८ कम्पनीको २९ लाख ७३ हजार सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL