Logo

जापानद्वारा अमेरिकी प्रस्ताव अस्वीकार, दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिन मानेन

जापानद्वारा अमेरिकी प्रस्ताव अस्वीकार, दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिन मानेन


बिजखबर संवाददाता
2.5k
Shares

काठमाडौं । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ ।

laxmi

राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन् । उनले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त भनाई सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ । जी७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् ।

जी७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ । रासस–एएनआई

प्रतिक्रिया दिनुहोस्
MBL