Logo

वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले विमानस्थलमा यात्रुको चाप घट्यो, उडान कटौती गर्दै वायुसेवा कम्पनी

वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले विमानस्थलमा यात्रुको चाप घट्यो, उडान कटौती गर्दै वायुसेवा कम्पनी



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण खाडी मुलुक जाने यात्रु अलपत्र परेका छन ।

संघको आन्दोलनसँगै हवाई कम्पनीहरुले समेत आफ्नो उडानमा कटौति गर्दै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । विमानस्थलको अनुसार संघको एक हप्ते आन्दोलनले गर्दा अहिले विमानस्थलको चापमा समेत २५ प्रतिशतभन्दा बढीले घटेको विमानस्थलको प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार बढी कामदार जाने मुलुकका हवाई उडान गर्ने केही विमान कम्पनीहरुले अहिले यात्रु कम भए पनि उडान भरिरहेको छ । तर यात्रु कम भएसँगै कतिपय वायुसेवा कम्पनीले भने उडान कटौति गर्न सुरु गरेको समेत उनले जानकारी दिए । आन्दोलनकै कारण खाडी मुलुकमा उडान भर्दै आईरहेको नेपाल वायुसेवा निगम, कतार एयरवेज, फ्लाई दुबई, एयर अरेबियालगायतका हवाई कम्पनीहरु प्रभावित भएका छन ।

संघले १ वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउनुपर्ने, धरौटी बापत राख्ने रकमको ब्याज दिनु पर्ने, कामदार पठाउँदा म्यानपावर कम्पनीले पाउने सेवा सुविधा अन्य देशकै जति पाउनु पर्नेलगायतका मागहरु राख्दै गत यही जेठ १७ गतेबाट ७ दिनको लागि विदेशमा कुनै पनि कामदार नपठाउने निर्णय गरेको थियो । सोही अनुरुप अहिले विमानस्थलमा यात्रुको चाप एकदमै न्युन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL