Logo

सरकार र मिलिनियम च्यालेन्जबीच सम्झौता, नेपालको उर्जा क्षेत्रमा ५ सय मिलियन डलर सहयोग

सरकार र मिलिनियम च्यालेन्जबीच सम्झौता, नेपालको उर्जा क्षेत्रमा ५ सय मिलियन डलर सहयोग



काठमाडौं । नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पाेरेशनबीच सम्झौता भएको छ । आईतबार अर्थमन्त्रालयमा नेपालको उर्जा तथा अन्य विकास क्षेत्रमा सहयोग गर्नका लागि उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात मिलिनियम च्यालेन्जले नेपालको उर्जा र आर्थिक वृद्धिको क्षेत्रमा ५ सय मिलियन डलर सहयोग गर्नेछ । मिलिनियम च्यालेन्ज नेपालले विकासको क्षेत्रमा विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

मिलिनियम च्यालेन्ज नेपालले नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउन र नयाँ लगानीलाई प्रोत्साहन गर्नका लागि उद्योगसम्म विद्युतको पहुँच पुर्याउने काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL