Logo

सुधारको सुझावसहित नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष

काठमाडौँ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । उक्त समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्राकोषले जनाएको छ ।…