काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको आर्थिक गतिविधिमा विस्तारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सेवा र पूर्वाधार क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको केन्द्रिय बैंकले जानकारी दिएको छ । तथापि…