Logo

सिभिल बैंक र हेल्भेटासबीच सम्झौता, प्रदेश २ र कर्णालीमा वित्तीय साक्षरता र कृषि तालिम

सिभिल बैंक र हेल्भेटासबीच सम्झौता, प्रदेश २ र कर्णालीमा वित्तीय साक्षरता र कृषि तालिम



काठमाडौं । सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहँुच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पुर्याउनका लागि उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौताले उक्त २ प्रदेशका युवाहरुको शीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण समेतमा सहयोग पुग्नेछ ।

सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालका राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्ने कार्य गर्नेछ । यस्तै बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ सेवा मार्फत बैकिङ सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL