Logo

सनराईज बैंकले २५ प्रतिशतले नाफा बढाउँदा नेपाल बैंकको आधा घट्यो, किन खुम्चिदैछ नेपाल बैंक ?

सनराईज बैंकले २५ प्रतिशतले नाफा बढाउँदा नेपाल बैंकको आधा घट्यो, किन खुम्चिदैछ नेपाल बैंक ?



काठमाडौं । आजै मात्र पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई बाणिज्य बैंकमध्ये एकले नाफा बढाउँदा अर्कोले गुमाएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका सनराईज बैंकले आफ्नो नाफामा २५ प्रतिशतले वृद्धि गर्दा नेपाल बैंकले भने ३६ प्रतिशतले घटाएको छ ।

सनराईज बैंक

सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकि बैंकले गत आबको सोही अबधिमा ३३ करोड १४ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो । सो अबधिमा बैंकले आफ्नो नाफामा करिव २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा १५ करोड ८३ लाख रुपैंयाँ हुनेछ ।

चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको सो बैंकको प्रतिसेयर आम्दानी १६ रुपैंया २६ पैसाबाट बढेर २२ रुपैंया २९ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा सामान्य बढेर कुल कर्जा प्रबाहको १ दशमलव २७ प्रतिशत पुगेको छ । यसैगरी पूँजीकोष अनुपात पनि घटेर १२ दशमलव ७५ प्रतिशतमा झरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले चालू आबको पहिलो त्रैमासमा आफ्नो नाफा घटाएको छ । सो अबधिमा बैंकको नाफामा उच्च गिरावट आएको छ ।

गत आबको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाएको सो बैंकको चालू आबको साही अबधिमा करिव ४० प्रतिशतले घटेर ५८ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा ३९ करोड २१ लाख रुपैयाँ हुनेछ ।

सो अबधिमा बैंकको ब्याज आम्दानीमा वृद्धि भएपनि ब्याज खर्च उच्च हुँदा नाफामा गिरावट आएको देखिन्छ । गत आबको पहिलो त्रैमासमा १ अर्ब २७ करोड ब्याज आम्दानी गरेर ९० करोड ७८ लाख ब्याज खर्च व्यहोरेको बैंकले चालू आबको सोही अबधिमा २ अर्ब ८८ करोड रुपैयाँ ब्याज आम्दानी गर्दै १ अर्ब ५५ करोड रुपैयाँ ब्याज खर्च व्यहोरेको छ । सो अबधिमा बैंकको अन्य संचालन खर्च पनि बढेको छ ।

बैंकको सिसिडि रेसियो घटेर ६८ दशमलव ६३ प्रतिशतमा झरेको छ भने खराब कर्जामा पनि कमि आएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL