Logo

ठूला होटल ब्यवसायीले ९० प्रतिशत कर्मचारीलाई एक महिना बिदा दिने, सेवा सुविधा कतौटी नहुने

ठूला होटल ब्यवसायीले ९० प्रतिशत कर्मचारीलाई एक महिना बिदा दिने, सेवा सुविधा कतौटी नहुने



काठमाडौं । होटल संघ नेपाल (हान) ले ९० प्रतिशत कर्मचारीलाई एक महिनाको लागि बिदा दिने भएको छ ।

laxmi

आईतबार बसेको होटल संघ नेपाल र केन्द्रिय ३ ओटै ट्रेड युनियनहरुको अध्यक्ष सहितको बैठकले अत्यावश्यक कर्मचारी बाहेक अन्यलाई बिदा दिने निर्णय गरेको हानका प्रथम उपाध्यक्ष बिनायक शाहले जानकारी दिएका छन ।

विश्वमा फैलिएको कोभिड १९ (कोरोना भाईरस)का कारण अत्यावश्यक बाहेकका कर्मचारीलाई बिदा दिनु परेको हानले जानकारी दिएको हो । तर, परिस्थितिको समिक्षा गरी यो समय भने हेरफेर शाहले बताए । होटेलमा कार्यरत रहने कर्मचारीले स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री (मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा) को प्रवन्ध गरी काममा लगाउने निर्णय समेत होटेल व्यवसायीले गरेका छन् ।

हरेक १५ दिनमा होटेल संघ नेपाल (हान) का पदाधिकारी र संयुक्त ट्रेड यूनियनका पदाधिकारीबीच समिक्षा बैठक हुनेछन् । कर्मचारीको बिदा भने संचित बिदाबाट काट्ने निर्णय गरेको शाहले बताए । यसको मतलव कर्मचारीको सेवा सुविधा भने कतौटी नहुने भएको छ ।

बैठकले कोरोना रहेसम्म लिभ ट्राभल एलाउन्स भने उपलब्ध गराउन नसकिने निर्णय गरेको छ । महामारीको प्रकोपले होटेल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र क्षतिको विषयमा हान र ट्रेड यूनियनको संयूक्त प्रतिनिधिले नेपाल सरकार र सम्बन्धित निकायमा होटेल तथा होटेलमा कार्यरत श्रमिको लागि आवश्यक पर्ने राहत र सुविधाका विषयमा अनुरोध गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL