Logo

सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाईबर विस्तार : स्मार्टबाट खोसेर टेलिकमलाई दिने निर्णय

सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाईबर विस्तार : स्मार्टबाट खोसेर टेलिकमलाई दिने निर्णय



काठमाडौं । सरकारले स्मार्टसेलले पाएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा मा अप्टिकल फाईबर विछ्याउने कामको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै संचार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले स्मार्ट टेलिकमबाट खोसिएको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) विस्तारको कार्य नेपाल टेलिकमलाई दिने बताएका हुन ।

दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले समयमै काम नगरेको भन्दै म्याद नथप्ने जानकारी दिएको थियो । सोही अनुसार स्मार्टसेलको उक्त परियोजना स्वतः खारेज भएको थियो । सरकारले स्मार्ट टेलिकमबाट खोसिएको उक्त परियोजना टेलिकमलाई दिएपछि नेपाल टेलिकमले ५ प्रदेशमा अप्टिकल फाईबर विछ्याउने जिम्मा पाएको छ ।

स्मार्ट टेलिकमले सो परियोजनाको कार्य चालु आर्थिक वर्ष्भित्रै सम्पन्न गर्ने गरि सम्झौतामा हस्ताक्षर गरेको थियो । कार्य सम्पन्न हुनुपर्ने समयमा २० किलोमिटर मात्र तार बिछ्याउनको लागि काम शुरु गरेका कारण प्राधिकरणले उक्त परियोजनाको म्याद थपेको थिएन ।

नेपाल टेलिकमले यसअघि नै प्रदेश १, २ र ३ मा पनि अप्टिकल फाइबर बिछ्याउने काम गरिरहेको छ । प्राधिकरणले दुई प्रदेशका १९ जिल्लालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने जिम्मा स्मार्टलाई दिएको थियो । जस अन्तरगत रुकुमको मुसिकोटदेखि दैलेखको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा स्मार्टले पाएको थियो ।


प्रतिक्रिया दिनुहोस्
MBL