Logo

नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त



काठमाडौं । नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली डिआईजीबाट एकैपटक आईजीपीमा नियुक्त भएका हुन् ।

गृहमन्त्री रामबहादूर थापा बादलको सिफारिसमा ज्ञवालीलाई आज बसेको मन्त्रिपरिषद्को बैंठकले आईजीपीमा नियुक्त गरेको हो ।

३० बर्षे अबधिका कारण सर्वेन्द्र खनालले आजैबाट अवकाश पाएका थिए । उनको आवकाशसँगै आजै बसेको मन्त्रिपरिषद् बैंठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । उनले पनि ३० बर्षे समयावधिका कारण ५ महिना मात्र नेपाल प्रहरीको कमाण्ड सम्हाल्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL