Logo

ठूला कर कार्यालयको कर निर्धारणमा सर्वोच्चको करेक्सन, एनसेललाई २१ अर्ब १० करोड मात्र कर निर्धारण (पूर्णपाठ सहित)

ठूला कर कार्यालयको कर निर्धारणमा सर्वोच्चको करेक्सन, एनसेललाई २१ अर्ब १० करोड मात्र कर निर्धारण (पूर्णपाठ सहित)



काठमाडौ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई सर्वोच्च अदालतले २१ अर्ब १० करोड २९ लाख रुपैयाँ कर तिनुपर्नेगरी पूर्णपाठ सार्वजनक गरेको छ ।

laxmi


यसअघि ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेलले तिर्नुपर्ने बाँकी पूँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरेको थियो । तर, एनसेलले उक्त कर निर्धारणप्रति चित्त नबुझेको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

सर्वोच्चले उक्त रट निवेदनको निर्णयको पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले अबका दिनमा २१ अर्ब १० करोड रुपैयाँ मात्र कर तिर्नुपर्ने गरी पूर्णपाठ सार्वजनिक गरेको हो । यस अघि एनसेसलले पूँजीगत लाभकरवापट २३ अर्ब रुपैयाँ सरकारलाई बुझाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL