Logo

नागरिक उड्यन प्राधिकरणले ल्यायो ४६ अर्ब ९६ करोडको बजेट, कर्मचारी बोनसमै सवा अर्ब , प्राथमिकतामा ठूला विमानस्थल

नागरिक उड्यन प्राधिकरणले ल्यायो ४६ अर्ब ९६ करोडको बजेट, कर्मचारी बोनसमै सवा अर्ब , प्राथमिकतामा ठूला विमानस्थल



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९ सय ४४ रुपैयाँको बजेट ल्याएको छ । प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा संचालन गर्ने, कर्मचारीलाई बोनस, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता लगायतका बिषयलाई समेटेर सोही अनुसारको बजेट ल्याएको हो ।

laxmi

प्राधिकरणले चालु आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रममा सबैभन्दा बढि राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । प्राधिकरणले चालु आवको बजेटमार्फत राष्ट्रिय गौरवका आयोजनामा पर्ने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल र निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई मात्रै २२ अर्ब ७३ करोड रुपैयाँ बजेट छुट्याएको जानकारु दिएको छ ।

यस्तै प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका लागि भने ३ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । यस्तै प्राधिकरणले आफ्ना नीति, बजेट तथा कार्यक्रममा गौतम बुद्ध विमानस्थललाई चाँडै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने उल्लेख गरेको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस वितरण गर्ने समेत जानकारी दिएको छ । प्राधिकरण आफै नियामक निकाय मात्रै नभई व्यवसायीक निकाय पनि भएकाले ७ आर्थिक बर्षको बोनस आफ्ना कर्मचारीलाई दिन लागेको प्राधिकरका महानिर्देशक राजन पोख्रेलले बताए ।

प्राधिकरणले गत आर्थिक बर्ष ५ अर्ब ९६ करोड ८३ लाख आय गर्ने प्रक्षेपण गरेकोमा ७ अर्ब १५ करोड ७७ लाख रुपैयाँ आए गरेको छ । जसमध्ये प्राधिकरणले एरोनोटिकल शिर्षकबाट ४ अर्ब ६८ करोड ४७ लाख र नन एरोनोटिकल शिर्षकबाट २ अर्ब ४७ करोड ३० लाख आय आर्जन गरेको हो ।
यस्तै चालु आर्थिक बर्ष प्राधिकरणले ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आय गर्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणले चालु आर्थिक बर्ष पुँजीगत र कार्यसंचालन खर्च ३८ अर्ब २३ करोड २१ लाख गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक बर्ष भने ३७ अर्ब ४७ करोड ४० लाख खर्च गर्ने प्रक्षेपण गरेकोमा २६ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL