Logo

महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित, विधान संशोधनका लागि कात्तिक २९ मा विशेष साधारणसभा

महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित, विधान संशोधनका लागि कात्तिक २९ मा विशेष साधारणसभा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन । वर्तमान कार्यकारिणी समिति सदस्य उनलाई रिक्त कोषाध्यक्ष पदमा महासंघको कार्यकारिणी समितिको १३ औं बैठकले निर्विरोध निर्वाचित गरेको हो ।

laxmi

महासंघका अध्यक्ष भवानी राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै बधाई समेत दिएकी छन । कार्यकारिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नुपरेका समस्या तथा मुलुकको उद्योग व्यवासायको व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ ।

बैठकले महासंघको विधान संसोधनका लागि कात्तिक २९ गते विशेष साधारण सभाका लागि मिति समेत तोकेको छ ।
बैठकमा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL