Logo

शुक्रबार २२४ जनामा कोरोना पुष्टि, १० हजार बढीको पीसीआर परिक्षण

शुक्रबार २२४ जनामा कोरोना पुष्टि, १० हजार बढीको पीसीआर परिक्षण



काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।

laxmi

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।

हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन्। त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL