Logo

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित, सबै स्थानीय तहमा पठाईने

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित, सबै स्थानीय तहमा पठाईने



काठमाडौं । लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित भएको छ । सबै क्षेत्रमा लागु गर्नेगरी शुक्रबार उक्त नयाँ नक्सा राजपत्रमा प्रकासन गरिएको हो ।

laxmi

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्शा राजपत्रमा प्रकाशन गर्न पठाए लगतै मुद्रण विभागले प्रकाशन गरेको हो ।

सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको हो । यो नक्शामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ ।

अब नयाँ नक्शा छापिएको राजपत्र अब सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने भएको छ ।



प्रतिक्रिया दिनुहोस्
MBL