Logo

किशोर प्रधानलाई ईंगित गर्दै उद्योग मन्त्री यादवले भने, ‘उद्योग बाणिज्य महासंघ फेरी फुट्छ कि भन्ने चिन्ता लागिरहेको छ’

किशोर प्रधानलाई ईंगित गर्दै उद्योग मन्त्री यादवले भने, ‘उद्योग बाणिज्य महासंघ फेरी फुट्छ कि भन्ने चिन्ता लागिरहेको छ’



काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आगामी दिन नेपाल उद्योग बाणिज्य महासंघ फुट्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । ‘यदि नेतृत्वमा आउन खोज्ने व्यक्तिलाई रोक्न खोज्दा भने त्यसले नकारात्मक रुप लिन्छ र अन्तमा संस्था नै फुट्छ,’ नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं साधारणसभामा महासंघका उपाध्यक्ष किशोर प्रधानलाई ईंगित गर्दै उनले भने, ‘यो रोग राजनीतिक पार्टीमा नभई व्यवसायीक संघसंस्थाहरुमा बढि देखिन थालेको छ ।’

laxmi

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रधानले उद्योगी व्यवसायीहरु आगामी दिनमा एक भएर बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर, त्यस लगत्तै बोल्दै मन्त्री यादवले भने, ‘तपाईहरुले नेतृत्व लिने क्रममा रहेका व्यक्तिलाई रोक्नुहुन्छ त्यसले गर्दा आगामी दिनमा नेपाल उद्योग वाणिज्य महासंघ फुट्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’ उनले व्यवसायीहरुलाई फुटेर नभई एकजुट भई साझा माग लिएर सरकारसँग छलफलमा आउन समेत आग्रह गरेका छन् ।

यस अघि महासंघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी विधान संसोधन गरिएको थियो । त्यससँगै आगामी कार्र्यकालका लागि शेखर गोल्छा स्वतः अध्यक्ष हुने थिए । तर, महासंघको कात्तिक २९ गते हुने विशेष साधारणसभामा स्वतः अध्यक्ष हुने व्यवस्थालाई हटाउने गरी विधान संसोधनको प्रस्ताव गरिएको छ । मन्त्री यादवले त्यसैलाई इगित गर्दै महासंघ फेरी फुट्न धारणा व्यक्ति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL