Logo

अर्थमन्त्री खतिवडा र चिनियाँ राजदूतबीच भेटवार्ता, भौतिक पूर्वाधारमा चीनले लगानी बढाउँदै

अर्थमन्त्री खतिवडा र चिनियाँ राजदूतबीच भेटवार्ता, भौतिक पूर्वाधारमा चीनले लगानी बढाउँदै



काठमाडौं । चीनका राजदूत होउ यांकीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेकी छन । अर्थमन्त्रालयमा चीनका राजदूत यांकीले अर्थमन्त्री खतिवडालाई भेट्दै नेपालको विकासका बारेमा चीनले चासो लिएको बताएकी हुन ।

laxmi

भेटमा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो । भेटका क्रममा तत्कालका लागि काठमाडौं ( कोदारी, काठमाडौं तथा रसुवागढी र कोरला नाकामार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो ।

काठमाडौं चक्रपथको दोस्रोचरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनियाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी आज नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एमएस भिरोनिका कोडी बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

भेटका क्रममा राजदूत भिरोनीकाले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा बताएका छन । यसप्रति आभार प्रकट गर्दै अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL