Logo

धानिएन बजार, नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागे

धानिएन बजार, नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागे



काठमाडौं । लगातार आरालो लागेको बजारमा मंगलबार पनि नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेदेखि नै सामान्य उतारचढाव भएको नेप्से परिसुचक अन्तमा २ दशमलव २३ अंकले घट्न पुगेको हो ।

बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा जीवन बीमा समुहको परिसुचक ५० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा २८ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा होटल समुहको परिसुचकमा पनि करिव १४ अंकको गिरावट आएको छ भने उत्पादनमुलक समुहको परिसुचक २१ अंकले घट्न पुगेको छ । तर बजारमा बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्स समुहको परिसुचक भने सामान्य उकालो लागेका छन् ।

घट्दो बजारमा कारोबार रकममा समेत उच्च गिरावट आएको छ । दिनभर कुल ३५ करोड ९४ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जसमा १ सय ७७ कम्पनीको १२ लाख २६ कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा हिजोमात्र होटल बन्द भएको तारागाउँ रिजेन्सी होटलको सेयर घट्दै सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL