Logo

रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड-२०२०’ सम्पन्न, ५५ राइडरहरु सहभागी

रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड-२०२०’ सम्पन्न, ५५ राइडरहरु सहभागी



काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइलको ‘सर्भिस राईड–२०२०’ सम्पन्न भएको छ । शनिबार आयोजित सो र्यालीमा ५५ राइडरहरु सहभागी रहेका थिए ।

laxmi

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारीक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुपअन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले आयोजना गरेको र्याली कार्यक्रम बालाजुस्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुमबाट सुरु भई ‘डि लेक साइड होटल’ सिम्लाङ्ग, मार्खुमा सम्पन्न भएको थियो ।

राइडरहरुले आफ्नो रोयल इन्फिल्ड मोटरसाइलको मर्मत र हेरचाह कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरेका थिए भने ४५ रोयल इन्फिल्ड मोटरसाइकलमा सवार लगभग ५५ राइडरहरुको नेतृत्व भने रोड क्याप्टेन रमेश अवालेले गरेका थिए ।

कार्यक्रममा एसेम्ब्ली वार र बकेट र्याली जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरिएको थियो । प्रतियोगितामा धर्मराज राई, उमेश भन्डारी, सुसील भन्डारी, सुजन बलामी र निशान खनाल एसेम्ब्ली वार खेलका बिजेता बने । यस्तै बकेट र्याली खेलमा भने रुपेश मानन्धर, बिजय भट्टराई, म्येगुन श्रेष्ठ, सुजन बलामी र निशान खनाल बिजयी भए ।

बिजेताहरुलाई विवेक अटोमोवाइलस् प्रालि. अन्र्तगतको रोयल इन्फिल्ड नेपालका पार्टस म्यानेजर पुष्पराज पौडेल र सर्भिस म्यानेजर अजिङ्क्य वाल्सेले मेडल पहिराइ सम्मान तथा बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा ‘डु इट योरसेल्फ’ सत्र पनि समावेश गरिएको थियो ।

जसअन्तरगत राइडरहरुले आफ्नो रोयल इन्फिल्ड मोटरसाइलको मर्मत कसरी गर्न सकिन्छ भन्ने ज्ञानसँगै सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL